काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका छन् । देउवा निवास धुम्बाराहीमा बिहीबार भएको भेटवार्तामा समसामयिक राजनीतिक विषयमा छलफल भएको छ ।
Advertisement
जसपा अध्यक्ष यादव र सभापति देउवाबीच आज भेटवार्ता भएको कांग्रेसका एक पदाधिकारीले जानकारी दिए । यादव सत्ता गठबन्धनमा छन् तर सरकारमा उनको पार्टी गइसकेको छैन ।
यसअघि सभापति देउवालाई प्रधानमन्त्री बनाउन जसपा पनि गठबन्धनमा थियो । तर चुनावअघि सिट बाँडफाँटमा असन्तुष्टि जनाउँदै जसपाले तत्कालीन सत्ता गठबन्धन छाडेर नेकपा एमालेसँग गठबन्धन गरेको थियो ।