भरतपुर । चितवन प्रहरीले गाँजा तथा अफिम खेती नष्ट गर्ने अभियान चलाएको छ । अवैध रुपमा लागुऔषध गाँजा, अफिम खेती गर्दै आएकै ठाउँमा पुगेर कारवाही गर्ने अभियान चलाएको छ ।
Advertisement
राप्ती नगरपालिकाकाृ वडा नम्बर ११ को थाकलटार, बराइटार, डिहीटार, रेवतीखोला, वडा नम्बर १२ को तिरुवा, बड्यालपोखरी, होङपुङ, म्यातराङ, च्यात्राङमा भएका अवैध खेती नष्ट गरेको छ । वडा नम्बर ११ र १२ का विभिन्न गाउँमा करिब २० विघामा लगाइएको गाँजा र ७ कट्टठा क्षेत्रफलमा लगाइएको अफिम खेती नष्ट गरिएको चितवन प्रहरीले जनाएको छ ।