काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सरकारको न्यूनतम साझा कार्यक्रम अन्तिम चरणमा पुगेको छ र छिट्टै सार्वजनिक हुने बताएका छन् । जनमतलाई कदर गर्ने गरी सरकारको न्यूनतम साझा कार्यक्रम ल्याउने उनले बताएका छन् ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लामिछानेले जस्तो जनमत आएको छ, त्यस्तो सरकार बनेको बताए ।
उनले आफ्नो पार्टीको तर्फबाट सरकारको साझा कार्यक्रममा स्वास्थ्य क्षेत्रको सुधार, टाइम कार्ड लगाएर लाइन लाग्नुपर्ने झन्झटलाई अन्त्य गरेर सेवा प्रवाहलाई चुस्त बनाउने, किसानलाई समयमा मल उपलब्ध गराउन अल्पकालीनसहित दिर्घकालिन व्यवस्था गर्ने, युवा स्वरोजगार र गुणस्तरीय शिक्षासहित विभिन्न नीतिगत कार्यक्रम समेटिने बताए ।
विचार र सिद्धान्तभन्दा पर गएर न्यूनतम साझा कार्यक्रममार्फत अघि बढ्ने बताए। सरकारले भोलिसम्ममा न्यूनतम साझा कार्यक्रम सार्वजनिक हुने उनले बताए। प्रधानमन्त्रीले प्रतिनिधिसभाबाट विश्वासको मत लिएपछि मात्रै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताए ।