चितवन । कालिका नगरपालिकाले चेपाङ् बालबालिकाका लागि पोषणसम्बन्धी कार्यक्रम सञ्चालनको तयारी गरेको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र नगरपालिकाको सहकार्यमा सो कार्यक्रम सञ्चालन हुने छ ।
प्रदेश सरकारको रु १६ लाख र पालिकाको रु चार लाखको बजेटमा कार्यक्रम गर्न लागिएको हो ।अहिले पालिकाले स्थलगत तथ्याङ्क सङ्कलनको काम गरिरहेको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार यस कार्यक्रम अन्तर्गत एक हजार सुनौला दिनमा गर्भवती र बच्चालाई लक्षित गरी कार्यक्रम अघि वढाउन लागिएको हो ।
आमा र बच्चा दुबैलाई पोषण, स्वास्थ्य र सरसफाइमा ध्यान दिइने छ । नगर प्रमुख रेग्मीले भन्नुभयो “यो बजेट बढाएर रु एक करोडसम्म पु¥याउनुपर्छ ।” यस कार्यक्रमलाई आयआर्जनसँग समेत जोड्नु पर्ने उहाँको भनाइ छ । चेपाङ बालबालिकामा अहिले स्वास्थ्यमा विभिन्न समस्या देखिन थालेसँगै यो कार्यक्रम ल्याइएको उहाँले जानकारी दिनुभयो । बालबालिकामा कुपोषणको समस्या समस्या देखिने गरेको छ ।
बच्चा होचा, पुड्का हुने गरेका छन् । चेपाङ् समुदायमा धेरै कमको मात्र आफ्नो उत्पादनले वर्ष दिनपुग्छ । अधिकांशको उत्पादनले ६ महिना पु¥याउन मुस्किल हुन्छ । मेलापातसँगै वनका कन्दमूल गिठ्ठा भ्याकुरले जीवन गुजार्नुपर्ने बाध्यता रहेको नगर प्रमुख रेग्मी बताउनुभयो ।