काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेटेर आफूलाई विश्वासको मत दिन आग्रह गरेका छन् ।माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले बुधबार संसदीय दलको कार्यालयमा अध्यक्ष नेपालसँग भेट गरेका थिए ।
Advertisement
माओवादी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डे भन्छन्, ‘दलको तर्फबाट र प्रधानमन्त्रीको तर्फबाट पनि विश्वासको मत दिन सबैलाई आग्रह गरेका छौं । त्यही क्रममा बुधबार एकीकृत समाजवादीका अध्यक्षलाई पनि भेटेर त्यही आग्रह गर्नुभएको हो ।’
प्रधानमन्त्री प्रचण्डले २६ पुसमा प्रतिनिधिसभामा विश्वासको मत लिने तय भएको छ ।एकीकृत समाजवादीले कुनै निर्णय गरेको छैन । बुधबार मात्र एक कार्यक्रममा एकीकृत समाजवादीका अध्यक्ष नेपालले २६ गतेसम्ममा निर्णय लिने बताएका थिए ।