काठमाडौं । सरकारी चासो बढेपछि सेयर बजारमा उच्च वृद्धि भएको छ । यसैबीच आज बिहानमात्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गभर्नर महाप्रसाद अधिकारीबीच चालुपूँजी कर्जा लगायत देशको आर्थिक अवस्थाको विषयमा छलफल भएको थियो । मुलतः बैंकको कर्जाको ब्याजदर घटाउन र कात्तिकदेखि लागू भएको चालु पुँजी कर्जाको मापदण्ड तत्काललाई नलगाउन प्रधानमन्त्रीबाट समेत सुझाव आएपछि सेयर बजारमा समेत वृद्धि देखिएको छ।
ब्याजदरमा भएको वृद्धिको कारण सेयर बजारमा समेत प्रभाव पर्दै आएको थियो। भने चालु पुँजी कर्जामा गरिएको कडाइको कारण व्यवसायीहरूले समस्या भोग्दै आएका थिए। सेयर बजारमा व्यवसायीहरूको समेत सेयर लगानीकर्ताको रुपमा रहेका छन्। उनीहरूलाई व्यवसायमा हुने कठिनाइले सेयर बजारमा उनीहरूले गर्ने लगानीमा समेत प्रभाव पर्छ । बुधबार विकसित भएका यी घटाना क्रमकै कारणले यसदिन मध्यान्न करिब दुई बजेदेखि सेयर बजार एकाएक उच्च दरमा बढ्न सुरू ग¥यो र बजार बन्द हुँदा ६४.७८ अंकले बढेर २१२५.८४ बिन्दुमा पुगेको छ।
नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि बढेको छ। गत कारोबार दिन अर्थात् मंगलबार ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७८७ रुपैयाँ बराबरको सेयर कारोबार भएकोमा त्यो रकम बढेर आज ३ अर्ब ५० करोड ११ लाख ४२ हजार ९७ रुपैयाँ पुगेको छ । यस दिन २५८ वटा धितोपत्रको ८७ लाख ३३ हजार ५४२ कित्ता सेयर किनबेच भएको छ । त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हा े।
यस दिन व्यापार समूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशतले बढेको छ।त्यस्तै, लगानी, उत्पादन तथा प्रशोधन र लघुवित्त समूहको परिसूचक ५ प्रतिशतभन्दा धरैले बढेको छ।यसैगरी, विकास बैंक, वित्त र जलविद्युत समूहको परिसूचक ४ प्रतिशतभन्दा धरैले बढेको हो।