भरतपुर । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका महासचिव देव गुरुङले राष्ट्रिय मुद्धाहरुमा सबै दल बीचमा सहमति कायम गर्नुपर्ने बताएका छन् । भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले राष्ट्रिय मुद्धामा सरकार पक्ष र प्रतिपक्ष नभनि सहमति कायम गरेर अघि बढ्नु पर्नेमा जोड दिए ।
राष्ट्रिय स्वाधिनताको रक्षाको, स्थिरता र स्थायीत्वका लागि पनि सबै दलहरु मिल्नुको विकल्प नभएको उनको तर्क छ । “सबै दलहरुका बीचमा राष्ट्रिय सहमति जुटाउन प्रयास गर्ने हो, विधिले सत्तापक्ष र प्रतिपक्षको कल्पना गरेको छ”, उनले भने, “एजेण्डागत आधारमा राष्ट्रिय सहमति जुटाउँदै अघि बढ्नुपर्छ ।”
बृहत शान्ति सम्झौता हुने बेलामा सरकार पक्ष गिरिजाप्रसाद कोइराला र माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बीच सहमतिको प्रसंग सु्नाउँदै उनले अहिले यी दुवै पक्ष सहमति गरेर अगाडी बढ्नुपर्ने बताए । अहिलेको गठबन्धन मुलुकको आवश्यकताले बनेको बताए ।