काठमाडौं । कांग्रेस नेता रमेश लेखक नेपाली कांग्रेसको प्रतिनिधिसभाको मुख्य सचेतकमा मनोनीत भएका छन् । उनी कञ्चनपुर ३ बाट निर्वाचित सांसद हुन् ।
Advertisement
कांग्रेस सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाले संसदीय दलको संशोधित विधान धारा १३ को उपधारा १ बमोजिम लेखकलाई मुख्य सचेतकमा मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।