काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले इन्टरनेट सेवा जुनसुकै बेला रोकिन सक्ने चेतावनी दिएका छन् । इन्टरनेट सेवा प्रदायक संघ नेपाल (आईस्पान)ले आज (सोमबार) पत्रकार सम्मेलन गर्दै नेपाल विद्युत प्राधिकरणले पोल भाडामा मनोमानी गरेको गुनासो गरेका छन् ।
Advertisement
आइएसपानका अध्यक्ष सुधीर पराजुलीले विद्युत प्राधिकरणले मोनोपोली जारी राखे इन्टरनेट हड्ताल गर्न बाध्य हुने चेतावनी दिए । उनले इन्टरनेट सेवा रोकेर तालाचाबी बुझाउने बताए । विद्युत प्राधिकरणले काठमाडौं, विराटनगर, इनरूवा, काँकरभिट्टा, गौरीगञ्ज, पोखरा, धरान, खोटाङ, सुर्खेत, कैलाली, बुटवल, टीकापुर, अत्तरिया, भैरहवा, डोटी, ललितपुर, धनकुटा, दुहवीमा इन्टरनेट सेवा प्रदायकहरुको तार काटिएको जानकारी दिए । उनले प्राधिकरणले कुनै समन्वयनै नगरी मनपरी ढंगले तार काटेको आरोप लगाए ।