काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुस २६ गते विश्वासको मत लिने भएका छन् । आज (सोमबार) संघीय संसदका महासचिवलाई पत्र पठाउँदै २६ गते विश्वासको मत लिन चाहेको उल्लेख गरेका छन् । प्रधानमन्त्रीले १३८ सांसदको समर्थन लिनुपर्छ ।
Advertisement
पुस १० गते प्रचण्ड नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका थिए । प्रतिनिधिसभामा २७५ सदस्य छन् ।