भरतपुर । भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत सोमबार भरतपुर २१ का बालबालिकाहरुलाइ न्यानो कपडा वितरण गरेको छ । भरतपुर २१ रंगीलामा रहेको आधारभूत विद्यालय रंगीला र राष्ट्रिय प्राथमिक विद्यालय सीतापुर स्कुलमा पुगेर न्यानो कपडा वितरण गरेको महानगरपालिकाले जनाएको छ ।
Advertisement
रंगीलामा ८१ जना र सीतापुरका २८ जना बालबालिकाललाइ न्यानो कपडा वितरण गरिएको छ । बालविकास देखि कक्षा ५ सम्मका बालबालिकालाई न्यानो कपडा वितरण गरिदै आएको छ । भरतपुर महानगरका उपमेयर चित्रसेन अधिकारीले चिसोकै कारण विद्यालय जान वञ्चित हुन नपरोस् भनेर न्यानो कपडा वितरण गरिएको बताए ।
यस अघि भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’ अन्तर्गत झण्डै १ हजार विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकेको छ । न्यानो कपडा वितरणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ ।