काठमाडौं । राष्ट्रिय सभा सदस्यको उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले उपनिर्वाचन गर्ने तयारी गरेको हो । आज (सोमबार) प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भएको छलफलमा निर्वाचन आयोगका पदाधिकारीले उपनिर्वाचनको तयारीबारे जानकारी गराइएको छ ।
Advertisement
नेकपा एमालेका खिमलाल भट्टराईले राजीनामा दिएपछि राष्ट्रिय सभामा एक सदस्य पद रिक्त रहेको छ । आयोग पदाधिकारीहरुको सोमबार नै बस्ने बैठकले मिति तय गर्न सक्ने एक आयुक्तले जानकारी दिए । माघभित्रै उपचुनाव हुने तयारी छ ।