काठमाडौं । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले देशभरका सीडीओहरुलाई गुनासो रहित सेवा दिन निर्देशन दिएका छन् । गुनासोरहित सेवा प्रवाहमा ध्यान दिन निर्देशन दिएका हुन् । प्रमुख जिल्ला अधिकारी (सीडीओ) हरुलाई भर्चुअल माध्यमबाट सम्बोधन गर्दै जनताको सेवक भएर काम गर्न आग्रह गरे ।
उनले शीत लहरबाट कुनै नागरिकले क्षति व्यहोर्न नपर्ने गरी आवश्यक तयारी गर्न सुझाएका छन् । शीतलहर, जाडो जस्ता प्राकृतिक प्रकोपबाट जनतालाई जोगाउने योजना ल्याउन आग्रह गरे । उनले भने, “विपदका समयमा प्रत्यक्ष उपस्थिति र प्रभावकारी सञ्चारले ठूलो महत्व राख्छ । शीतलहरबाट कुनै नागरिकले क्षति व्यहोर्नु नपरोस् ।”
गृहमन्त्री लामिछानेले आज (सोमबार) ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई भर्चुअल बैठकमा जोडिएका थिए । राजस्व चुहावट नियन्त्रण गर्न निर्मम हुन समेत आग्रह गरेका छन् । कुनै पनि तस्कर, विचौलिया वा अवैध निकासी पैठारीकर्ताले कुनै खाले संरक्षण नपाउने गरि काम गर्न आग्रह गरे ।