काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेका छन् ।हालै सम्पन्न चुनावको समीक्षा लगायतका विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Advertisement
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, आयुक्तहरू सहभागी थिए ।
यस्तै सरकारका तर्फबाट प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल, उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने लगायत सहभागी छन् ।