काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न मन्त्रालयका सचिवहरुसँग छलफल गर्दैैछन् । अबको केहिबेरमा सिंहदरबारमा मन्त्रालयका सचिवहरुको बैठक बोलाईएको हो । सो बैठकमा मन्त्रालयहरुको अवस्थाबारे जानकारी लिने र प्रभावकारी एवं पारदर्शी ढंगले काम गर्न निर्देशन दिने गरी छलफल गर्न लागिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
Advertisement
पुस १० गते प्रधानमन्त्री पदको शपथ ग्रहण गरेका प्रचण्डले सचिवहरुसँग छलफल गर्न लागेको यो पहिलो पटक हो । शपथ ग्रहण लगत्तै उनले आफ्नो कार्यकाल देश निर्माणमा खर्चिने बताएका थिए ।
उनले बधाई तथा शुभकामनाका लागि समय माग नगर्न बरु सरकारको कामलाई प्रभावकारी कसरी बनाउने भनेर सचिवालय मार्फत सुझाव दिन आग्रहसमेत गरेका छन् ।