काठमाडौं । नेपाल टी–२० क्रिकेट प्रतियोगीतामा विराटनगर सुपर किङ्ग्सलाई पराजित गर्दै लुम्बिनी अल स्टार्सले छैटौं जित हात पारको छ ।विराटनगरलाई हराउँदै लुम्बिनी जारी प्रतियोगिताको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ ।
Advertisement
किर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार भएको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले निर्धारित २० ओभरमा १२२ रन बनाएको हो ।
लुम्बिनीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ५० रनको अविजित अर्धशतकीय पारी खेले । कुशल भूर्तेल, ह्यारी टेक्टर र अनिल शाहले समान १३–१३ रन बनाए ।अन्य कुनै पनि ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।विराटनगरले अर्को खेल मंगलबार काठमाडौं नाइट्ससँग खेल्नेछ भने लुम्बिनीले अर्को खेल जनकपुर रोयल्ससँग खेल्नेछ ।