काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको नेतृत्व लिनेबारे एमाले–माओवादीबीच सहमती अझै सहमति जुट्न सकेको छैन । यो प्रदेशमा कुनै पनि दलको स्पष्ट बहुमत छैन । लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनको लागी दलहरु गृहकार्यमा लाथ्गेपनि कुन दलले नेतृत्व गर्ने टुंगो लागेको छैन ।
संसदीय दलको नेता चयन गर्न पनि ढिलाई भैरहेको छ ।
केन्द्रमा ७ दलीय गठनबन्ध बनेकाले सोही अनुसारनै प्रदेश सरकार पनि मिलेरै भागबण्डा गरेरै निर्माण हुने सहजै आँकलन गर्न सकिन्छ । तर, एमाले–माओवादी दुवैले लुम्बिनी प्रदेश पाउनुपर्ने अडान राख्दै आएका छन् । एमाले पोलिटव्यूरो सदस्य लीला गिरीले एमालबाट बनेका धेरै प्रदेश सांसदहरु रहेकाले दाबी रहनु स्वभाविक भएको बताउँछन् ।
शपथग्रहणपश्चात् एमाले संसदीय दलको बैठकले दलको नेता चयन गरेर सरकार ष्ठनको गृहकार्य हुने बताउँछन् । एउटै दलको स्पष्ट बहुमत नभएकाले दुई वा दुई भन्दा बढी दलहरूको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्य मुख्यमन्त्री नियुक्ति हुनेछन् । लुम्बिनीमा नेकपा एमाले २९ र नेकपा माओवादीको ९ सिट छ ।
एमाले २९, नेपाली कांग्रेस २७, नेकपा माओवादी केन्द्र ९, राप्रपा ४, नागरिक उन्मुक्ति पार्टी ४, जनमत पार्टी ३, जनता समाजवादी ३, लोकतान्त्रिक समाजवादी ३, राष्ट्रिय जनमोर्चा १, नेकपा एकीकृत समाजवादी १, स्वतन्त्र ३ जना सांसद छन् । प्रत्यक्ष तर्फ ५२ र समानुपातीक ३५ गरेर ८७ सदस्य प्रदेश सभा रहेको छ ।