काठमाडौँ । सुनसरीको इटहरीमा प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता पुस २९ देखि माघ ८ गतेसम्म सञ्चालन हुदैछ । नेपाल क्रिकेट संघको आयोजना र सुनसरी क्रिकेट संघको सह–आयोजनामा लिगकप नकआउटमा प्रतियोगिता हुन लागेको हो ।
Advertisement
खेल इटहरी–९ स्थित जनता क्रिकेट पार्कमा हुनेछ । प्रतियोगितामा ७ वटा प्रदेश र विभागीय टोली नेपाल एपीएफ क्लब गरी ८ टिम सहभागी रहने छन् । विजेता टोलीले नगद ५ लाख रुपैयाँ र उपविजेताले ३ लाख रुपैयाँ प्राप्त आयोजकले बताएको छ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले ३० हजार, उत्कृष्ट ब्याटरले २० हजार र उत्कृष्ट बलरलाई २० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।