काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपति बन्न कुनै प्रस्ताव नआएको बताएको छ । पार्टी अध्यक्षलाई यस प्रकारको कुनै पनि प्रस्ताव नआएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
Advertisement
पार्टी विलय वा एकीकरण गर्नेतिर आफूहरू नलागेको उनले बताए। पार्टी सुदृढीकरणमा नै आफूहरूको ध्यान केन्द्रित रहेको उनले बताए ।
सरकारमा जाने वा नजाने विषयमा आजदेखि पोलिटब्युरोसम्मको बैठकसम्ममा पुगेर रायसल्लाह लिने काम हुने उनले बताए ।