भरतपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशमा सुशासन र समृद्धिलाई प्राथमिकतामा राख्ने बताएका छन् । भरतपुरको नारायणी नमुना माविको हिरक महोत्सवलाई सम्बोधन गर्दै उनले भ्रष्टाचारलाई नियन्त्रण गर्न आफ्नो सरकार निर्मम हुुने बताए । तर यसका लागि सबै एकजुट हुनुपर्नेमा प्रधानमन्त्री प्रचण्डको जोड थियो ।
‘तपाईहरुलाई थाहा नै छ कि म अहिले विशिष्ट परिस्थितिमा सरकारको नेतृत्व गरिरहेको छु’, माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले भने, ‘म अहिले धेरै भाषण गर्ने मनस्थितिमा छैन, भाषण कम र जनताको सेवा धेरै गर्न चाहान्छु ।’ प्रधानमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला चितवन आएका प्रचण्डले छोटो मन्तव्य राखेका थिए ।
अर्थतन्त्रको सुधारका लागि पहिलो मन्त्रीपरिषदको बैठकले महत्वपुर्ण निर्णय लिएको उनले सुनाए । जनताले विभिन्न क्षेत्रमा पाईराखेका सास्तीहरुबाट मुक्त गर्ने उनले बताए ।