काठ्माण्डौ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बाग्चीले नेपालको नयाँ सरकारसँग मिलेर काम गर्ने बताएका छन् । पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता बाग्चीले भारत–नेपालको द्विपक्षीय सम्बन्धलाई थप मजबुत बनाउने बताए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको नयाँ सरकारसँग मिलेर काम गर्ने प्रतिवद्धता जनाए ।
Advertisement
“हाम्रो ऐतिहासिक सम्बन्ध छ, नयाँ सरकार आएको छ”, उनले भने, “हामी नयाँ सरकासँग मिलेर काम गर्न उत्सुक छौँ ।” भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रचण्ड प्रधानमन्त्री भएकै दिन बधाई दिएका थिए । प्रचण्डले पनि भारतीय एक सञ्चारमाध्यमा कुराकानी गर्दै छिमेकी राष्ट्र भारत, चीनसँगको सम्बन्ध राम्रो हुने अभिव्यक्ति दिएका थिए ।