भरतपुर । चुनावको मुखमा एमाले छाडेका प्रभु साहले नयाँ पार्टी गठन गरेका छन् । एमालले दिएको टिकट अस्विकार गर्दै स्वतन्त्र उम्मेदवार बनेका साहले रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । साहले आम जनता पार्टी गठन गरेका छन् । माओवादी छाडेर एमाले प्रवेश गरेका साहले आफ्नै अध्यक्षतामा नयाँ पार्टी बनाएका हुन् ।
साहको अध्यक्षतामा ५१ सदस्यीय तदर्थ केन्द्रीय समिति गठन भएको छ । उनको नयाँ पार्टीमा स्वतन्त्र सांसद किरण साह संसदीय विभाग प्रमुख बनेका छन् । उनी रौतहट–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । नयाँ पार्टी उनले आज (बिहीबार) गरेका हुन् । पार्टीको प्रचार विभाग प्रमुखमा चन्द्रभूषण साह छन् भने संगठन विभाग प्रमुखमा कुन्दन कुशहवा रहेका छन् ।
प्रदेश १ अध्यक्षमा हरिप्रसाद पोखरेल र इन्चार्जमा रामप्रित पासवान, मधेशको अध्यक्षमा श्रीचन मुखिया र इन्चार्जमा उपेन्द्र साह, बागमतीको अध्यक्षमा नाम्गेल मोक्तान र इन्चार्जमा बद्री न्यौपाने रहेका छन् ।
गण्डकीको अध्यक्षमा राजन यादव ‘मनोज’ र इन्चार्जमा बद्री न्यौपाने, लुम्बिनीको अध्यक्षमा परमानन्द वर्मा र इन्चार्जमा रीतादेवी यादव, कर्णालीको अध्यक्षमा सियाराम कुशवाह र इन्चार्जमा उपेन्द्र साह र सुदूरपश्चिमको अध्यक्षमा केशव राय चौधरी र इन्चार्जमा कुन्दन कुशवाह रहेका छन् ।