जिवनको ३० वर्ष भित्रैमा बलिउडका चर्चित नायक आमिर खानको दोस्रो विवाह पनि असफल भयो । उनले दोस्रो विवाह गरेको १५ वर्षमा दोस्री पन्ती किरण रावसँग पनि अलग भए । उनको पहिलो विवाह ३० वर्ष अघि छुटेको थियो । आफ्नो सानै देखिको साथी रहेकी रिनालाई उनले पहिलो श्रीमती बनाएका थिए ।
दोस्रो विवाह भएको १५ वर्षपछि अलग भएका छन् । दुई जना मिलेर एक अर्काबाट टाढीने निर्णय गरेका हुन् । उनीहरुको १ छोरा छन् । उनीहरुबीच छोरा आजादको हेरचाह दुवै मिलेर गर्ने सहमति भएको छ । आमिर र किरणको सम्बन्ध विच्देछ भइरहदाँ सामाजिक सञ्जालमा अर्की अभिनेत्री फातिमा सना शेखलाई बधाईको ओइरो लागेको छ । फातिमा कारण किरणसंगको सम्बन्ध वि ग्रि एको अनुमान लगाइएको छ । भारतीय मिडियाले यस्तै दावी गरेका छन् । आमिर र किरणको अलग हुनुमा फातिमाको ठुलो हात छ भन्दै उनलाई बधाई दिएका हुन् । दं ग ल फिल्ममा आमिरले फातिमासँग काम गरेका थिए ।
आमिर खानले किरण रावसँग सम्बन्धविच्छेद गरेको खबरसँगै यतिबेला दंगालकी अभिनेत्री फातिमा साना सेख ट्विटरको ट्रेन्डिङमा आएकी हुन्।
आमिर खानसँग जोडेर फातिमाको चर्चा सुरुवात भएको हो। ट्विटर तथा फेसबुकमा फातिमासँगको अफेयरकै कारण आमिर र किरणबीच सम्बन्धविच्छेद भएको चर्चा सुरुवात भएको छ।
कामको सिलशिलामा दुई जना नजिक भएका हुन् । तर, फातिमाले भने आमिर खान प्रेमी नभएर मार्गदर्शक भएको बताउदै आएकी थिइन् । आमिर खानको पहिलो पत्नी रिना तर्फ एक छोरा र एक छोरी छन् । उनीहरु आमा रिनासँग बस्दै आएका छन् । सन् २०१६ मा रिलिज भएको चलचित्र ‘दंगल’ मा फातिमाले आमिरको छोरीको भूमिका निर्वाह गरेकी थिइन्। यो चलचित्र आमिर र किरणले निर्माण गरेका थिए।
सन् २०१८ को ‘थग्न अफ हिन्दुस्तान’ चलचित्रमा पनि आमिर र फातिमाले अभिनय गरेका थिए। सो चलचित्रमा आमिरले कट्रिना कैफलाई भन्दा बढी फातिमालाई अभिनयको भूमिका दिएको चर्चा चलेको थियो। त्यसबेलादेखि नै आमिर र फातिमाले डेटिङ गरेको चर्चा हुँदै आएको छ। तर फातिमा र आमिरले यो विषयलाई अस्वीकार गर्दै आएका छन्।
उनीहरु डेटमा रहेको कुनै प्रमाण पनि नभेटिएको भारतीय संचारमाध्यममा जनाइएको छ। तर सन् २०१९ को अफेयरको चर्चालाई मध्यनजर गर्दै यतिबेला आमिर र किरणको सम्बन्धविच्छेद हुनुमा फातिमालाई दोष दिन थालिएको छ।
उनीहरुले आमिर र किरणको सम्बन्धविच्छेदको विषयमा धारण राख्दै ह्यासट्याग फातिमा भनेर लेख्न थालेका छन्। फातिमाले आमिरसँगको अफेयर हल्ला भएको सन् २०१९ मै बताउँदै यस्ता हल्लाले आफूलाई तनाव हुने गरेको बताएकी थिइन्।
नोट : etajakhabar मा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए, कुनै विचार वा विश्लेषण, सल्लाह र सुझाव र समाचार प्रकासित गर्नु परेमा वा बिज्ञापन दिनु परेमा हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।