ईलाका प्रहरी कार्यालय कोहलपुरले चितुवाको दुई थान छालासहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा अछाम मेललेख गाउँपालिका–३ का डम्बर बुढा र रामारोशन गाउँपालिका–५ का नन्द बुढा छन् ।
उनीहरूलाई इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डीएसपी रवीन्द्र खनालको टोलीले विषेश सूचनाका आधारमा बाँकेको बैजनाथबाट पक्राउ गरेको हो ।
खनालका अनुसार उनीहरू चितुवाको छालासहित हिँडिरहेको अवस्थामा जाँच गर्दा पक्राउ परेका हुन् ।
पछिल्लो समय कोहलपुर प्रहरीले वन्यजन्तु तस्करी नियन्त्रणको अभियान तीब्र पारेको छ ।
६ महिनायता दुलर्भ शंख, अवैध माछादेखि चरीबाघको छाला दुई थान, भालूको पित्त एक थान, कस्तुरीको विना एक थान, गैँडाको खाग दुई थान, रेडपाण्डाको छाला तीन छान, पाटेबाघको छाला दुई थानसहित तस्करीमा संलग्न १४ जनालाई पक्राउ गरिएको डीएसपी खनालको भनाइ छ ।
तस्करी तथा अन्य अपराध नियन्त्रण गर्न कोहलपुर प्रहरीले समय समयमा विभिन्न अप्रेशन चलाउँदै आएको छ ।
प्रकाशित मिति: बिहीबार, असार १७, २०७८, २०:३१:००