नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेल र कप्तान ज्ञानेन्द्र मल्लको वरीयतामा सुधार आएको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी)ले जारी गरेको टी २० क्रिकेटको पछिल्लो वरीयतामा भुर्तेल ६०औँ स्थानमा तथा मल्ल ९२औँ स्थानमा रहेका छन् । यसअघि भूर्तेल ६१औँ तथा मल्ल ९४औँ स्थानमा थिए ।
Advertisement
आइसीसीले जारी गरेको वरीयतामा नेपालबाट भुर्तेल र मल्लसहित चार खेलाडी समेटिएका छन् । वरीयतामा परेका अन्य खेलाडीमा पूर्वकप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछाने रहेका छन् । पछिल्लो वरीयतामा खड्का ८८औँ स्थानमा रहेका छन् । यस्तै, लामिछाने ७६औँ स्थानमा छन् । नयाँ वरीयता अनुसार टी २० क्रिकेटमा नेपाल १३औँ स्थानमा रहेको छ ।
प्रकाशित मिति: बुधबार, असार १६, २०७८, २१:१०:१९