खाना पकाउने ग्यास चुहावट हुँदा भक्तपुरको चाँगुनारायण नगरपालिका–४ चाँगुस्थित एक घरमा आगलागी भएको छ । आगलागीबाट स्थानीयवासी दीपक मिजार र सानचरीको नगद ३५ हजारसहित लत्ताकपडा, भाँडावर्तन, खाद्यान्नलगायतका सामान समेत जलेर आज नष्ट भएको प्रहरीले जनाएको छ ।
Advertisement
बागमती प्रदेशसभा सदस्य कृष्णलाल भँडेलसहित नेपाली कांग्रेस भक्तपुर क्षेत्र नं १ का क्षेत्रीय सभापति जीवन खत्री, सचिव जनक खत्रीको टोलीले पीडितलाई नगद पाँच हजारसहित लत्ताकपडा, खाद्यान्न र ग्यासचुह्लोलगायतको सामग्री सहयोग गरेको थियो ।
प्रकाशित मिति: शनिबार, असार १२, २०७८, २१:१५:००