बाराको सिमरास्थित जगदम्बा स्टिल्समा विष्फोट हुँदा २ जनाकाे मृत्यु भएकाे छ भने३ जना घाइते भएका छन् । प्रहरीका अनुसार शनिबार राति पौने ८ बजे उक्त घटना भएकाे हाे ।
Advertisement
प्रहरीका अनुसार राम नाथ र प्रदीप गौणकाे मृत्यु भएकाे छ । उनीहरू दुवै भारतीय नागरिक हुन् । त्यस्तै तीन जना नेपाली नागरिकहरू रामकुमार विक, ईन्द्र अधिकारी र नवराज चौलागाई घाइते भएका छन् ।
फ्याक्ट्रीभित्र तेल तताउने प्लान्ट भट्टी विस्फोट भएकाे र यसबारे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रकाशित: ५ असार २०७८ २१:१६ शनिबार