विभिन्न जिल्लामा लागू गरिएको निषेधाज्ञा कार्यान्वयनको सिलसिलामा पछिल्लो २४ घण्टामा निषेधाज्ञा उल्लंघन गर्ने ३ हजार १0३ वटा सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तीमध्ये ८२० वटा गाडी र २ हजार २८३ वटा मोटरसाइकल छन् । नियन्त्रणमा लिएका सवारी साधनहरुलाई आवश्यक सोधपुछ पश्चात छोडिने गरिएको छ ।
साथै नयाँ भेरियन्ट सहितको कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित ‘तपाईंको मास्क खोई ?’ कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा २ सय २९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।
कार्यक्रम अन्तर्गत हालसम्म जम्मा ४ लाख ५६ हजार ८ सय १६ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ । कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने २ सय ४५ जनालाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम जम्मा २६ हजार ६ सय रुपैयाँ जरिवाना गरिएको छ ।
प्रकाशित: ४ असार २०७८ २०:३० शुक्रबार