देशभर पछिल्लो २४ घण्टामा ३७ सय ४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
Advertisement
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार २३८ नमुनाको पीसीआर एन्टिजेन परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ६ लाख १ हजार ६८७ पुगेको छ ।
आज ५२ सय ९३ संक्रमित निको भएर डिस्चार्ज भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या ५ लाख १५ हजार ५९१ पुगेको छ ।
आज थप ५९ संक्रमितले ज्यान गुमाएका छन् । योसँगै संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ हजार २३८ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, जेठ २७, २०७८, १७:३४:३७