मधु क्षेत्री र टिका सानु नेपाली लोकदोहोरीका लागि परिचित नाम हो । उनीहरुले गाएका थुप्रै गीतहरु हिट छन । टिका सानु खासगरी लाइभ दोहोरीका लागि बढि चर्चित छन, मधु भने ‘सोचे झै जिन्दगी रैनछ’ भन्ने गीतवाट धेरैले चिन्न सक्छन । धमलाको हमला कार्यक्रममा पुगेका उनीहरुले निकै रमाइलो गरेका छन । टिका सानुले धमलाको कार्यक्रममा दोस्रो पटक आइयो भन्दै गीत गाएर कार्यक्रमको सुरुवात गरेकी थिइन ।
टिका सानुले नयाँ भाकामा गाएका कारण त्यसको जवाफ म दिन सक्दिन भन्दै मधु शाहीले जवाफ दिइनन । नेपालीहरुको मुख्य पहिचान लोक संस्कृती भएका कारण नै लोकदोहोरी सफल भएको उनीहरुको भनाई छ । मधुले आफ्नो मन निकै कमजोर छ भन्दै सानो कुराले रुने गरेको बताइन । उनले सानै उमेरमा मागी विवाह गरेकी थिइन, तर वैवाहिक जिवन सफल नभएको उनको भनाई छ ।
लक्ष्मी पुजाको दिन आफुलाई दिएको या’तना दिएको सम्झेर अहिले पनि उनी भावुक भइन् । अहिले त्यो खोट देखाउँदै पिडा सहन नसकेर सम्बन्ध छुटाएको उनले बताइन । तर उनले अहिले आफु खुसी भएको बताइन । उनले तीन वर्ष अघि सम्म पनि फेरी सम्बन्ध सुधार्न खोजेको भएपनि त्यो सम्भव नभएको बताइन । उनी अहिले सन्तानका लागि संघर्ष गरेको बताएकी छन ।
उनीहरुले अहिलेको महामारीको अवस्थालाई इंकित गर्दै पनि दोहोरी गाएका थिए । जनताको वास्तविक दुख नेताले बुझ्न नसकेको भन्दै गुनासो गरे ।
‘बुढा नेता बगाएर लैदिए, म नेता भैदिए म देश बनाउँथेँ’ भन्दै उनीहरुले ब्यंग्य पनि गरे ।