Advertisement
हङकङमा प्रहरीले केही दिनअघि अवैध रूपमा खुलेको मसाज पार्लरमा छापा मार्दा अनपेक्षित व्यक्ति फेला पारेको छ । अनुमतिपत्र नलिइकनै सञ्चालन गरिएको उक्त पार्लरमा प्रहरी कमिस्नरले सेवा लिइरहेको पाइयो । सिनियर असिस्टेन्ट कमिस्नर फ्रेडरिक चोई चिनपेङलाई पार्लरमा भेटेपछि छुट्टीमा पठाइएको छ । उनी राष्ट्रिय सुरक्षा इकाइका निर्देशक थिए ।
यस घटनाले प्रहरीको छविमा दाग लागेको बताइएको छ । सन् २०१९ मा प्रदर्शनकारीहरूमाथि दमन गरेदेखि हङकङ प्रहरीको बदनामी भइरहेको छ । फ्रेडरिक हङकङ प्रहरी बलमा तेस्रो सबभन्दा वरिष्ठ अधिकारी हुन । सन् १९९५ मा प्रहरीमा भर्ना भएका उनले विभिन्न देशमा तालिम लिएका थिए । गत फेब्रुअरी महिनामा उनलाई पब्लिक सर्भिस अनरबाट पनि सम्मान गरिएको थियो ।
एजेन्सी