काठमाडौं । पार्टी विवाद मिलाउन कार्यदल गठन गरेपछि एमाले वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले भर्चुअल बैठक राखेर सदस्यहरूलाई निर्देशन दिएको छ ।
Advertisement
आइतबार दिउँसो खनाल–नेपाल समूहको स्थायी कमिटीको जुम–मिटिङ भएको भएको थियो । छलफलमा नेता नेपालले प्रधानमन्त्री केपी ओलीसँग आज (आइतबार) भएको छलफलको ब्रिफिङ गर्दै निर्देशन दिएको स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले जानकारी दिए । दुई महाधिवेशनको बीचका केन्द्रीय कमिटी नै सर्वोच्च निकाय हुनेहुँदा त्यसको बैठक राखेर आवश्यक निर्णय लिनुपर्ने नै आफ्नो समूहको बटम लाइन रहेकाले त्यहीअनुरूप प्रस्तुत हुन कार्यदललाई निर्देशन दिइएको उनको भनाइ थियो ।