उमेश सुनार, निजगढ
निजगढ नगरपालिका वडा नम्वर ६ मा संचालन भएको बाल बिकास आधारभुत बिधालयमा बिधार्थीको संख्या न्युन भए पनि शिक्षकको संख्या बढि पाईएको छ | नर्सरी देखि कक्षा पाँचसम्म सन्चालनमा आएको सामुदायिक बिधालयमा बिधार्थी ४८ जना मात्र भर्ना भएको पाईएको छ शिक्षक भने ७ जना र एक कार्यालय सहयोगी गरि कर्मचारी भने ८ जना कार्यरत भएको पाईएको छ ।
सरकारले ५० बिधार्थी बराबर एक शिक्षकको दरबन्धि कायम गरे पनि बाल बिकास आधारभुत बिधालय निजगढ ६ मा भने त्यसो नभएको पाईएको छ । न्युन बिधार्थि र सरकारले नि-शुल्क शिक्षा प्रदान गर्ने निति भएता पनि बिधालयले बिधार्थीबाट शुल्क समेत उठाउने गरेको त्यहाँ अध्ययनरत बिधार्थीले बताएका छन ।
यसरी पहुँचको आधारमा दरबन्दी कायम गरि जागिरमा आबद्ध रहे पनि बिधार्थि न्युन रहनु र शिक्षकको जागिर खाने ठाउ मात्र हुनुले कानुनलाई गिज्जाएको छ । नेकपाका प्रदेश कमिटी सदस्य तथा युबा नेता रबिराज दंगालले आफनो फेसबुकमा सांकेतिक बिरोध जनाउदै स्टाटस लेखेका छन्।