सिमरा, ८ जेठ
जीतपुरसिमरा उपमहानगरका महिला जनप्रतिनिधिहरुका लागी क्षमता अभिबृद्धि सम्बन्धि तिन दिने तालिम आजबाट सुरु भएको छ । उपमहानगरको आर्थीक सहयोग तथा कपुरबोट मिडिया प्रा.लिको सहजीकरणमा तालिम आयोजना गरीएको हो ।
तालिमको पहिलो दिन आज एप्रिसेटिभ ईन्क्वाईरीकी दिपा दाहालले जीवन रुपान्तरण पद्धती तथा क्षमता अभिबृद्धि बिषयमा प्रशिक्षण दिनुभएको थियो । तालिममा सहभागी महिलाहरुले जिवनोपयोगी तालिम आयोजना गरीएकोमा धन्यबाद दिएका थिए ।
तालिममा सहभागी झण्डै ५० जना महिला जनप्रतिनिधीको क्षमता अभिबृद्धि गर्नुका साथै उनिहरुको आत्मविश्वास बढाउनु तथा नेतृत्व बिकाश गर्नु तालिमको मुल उद्धेश्य रहेको मेयर डा.कृष्ण पौडेलले बताउनुभयो । तालिमको औपचारीक उद्धघाटन गर्दै मेयर डा.पौडेलले यस्तो बताउनुभएको हो ।
कार्यक्रममा उपमेयर सरस्वती चौधरी, प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाई, रेडियो सिमराका प्रबन्ध निर्देशक मनोज पौडेल लगायतले तालिम फलदायीको शुभकामना मनतव्य व्यक्त गर्नुभएको थियो ।
कपुरबोट मिडिया प्रा.लिका अध्यक्ष देउजाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन संचारकर्मी सुप्रिया ढकालले गर्नुभएको थियो ।
३ दिने तालिमको दोश्रो दिन भोली मोटिभोस्नल स्पिकर रोहित मल्लले प्रशिक्षण दिनुहुनेछ भने अन्तिम दिन प्रशिक्षक संगम महत र जितपुरसिमरा उपमहानगरपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिवराज सेढाईले प्रशिक्षण दिनुहुने कपुरबोट मिडिया प्रा.लिका अध्यक्ष सन्तोष देउजाले जानकारी दिनुभयो ।