पाैष २७, पर्सा/हेम चापागाई
बाढी नियन्त्रण गर्न खोलामा तटबन्धन गर्ने र बाली सखाप पार्ने जंगली जन्तुहरुको नियन्त्रणलाई बिशेष प्राथमिकता दिँदै ठोरी गाउँपालिकाको वडा नम्बर ४ मा बिहिबार वडा परिषद सम्पन्न भएको छ । ठोरी गाउँपालिकाको पहिलो वडा परिषदको रुपमा सम्पन्न कार्यक्रममा उपश्थित वडा प्रतिनिधिहरु तथा बिभिन्न राजनितिक दलका प्रतिनिधि तथा बुद्धिजिवीहरुले ठोरी ४ लाई ओरियाखोला, बिरेखोला लगायतबाट आउने बाढी तथा पर्सा राष्ट्रिय निकुञ्ज र भारतको जंगलबाट आउने जंगली जन्तुहरुबाट सुरक्षित राख्नुपर्ने धारणा राखेका छन् ।
कार्यक्रममा बोल्दै निर्मल उपभोक्ता समितिका अध्यक्ष मान बहादुर श्रेष्ठले जंगल क्षेत्रमा तत्काल हात्ती रुँग्ने घरहरु निर्माण गरेका पनि केही बालीहरु बचाउन सकिने बताउँनु भयो ।
कार्यक्रकमा बोल्दै साबिक निर्मलबस्ती गाबिसका पुर्व गाविस अध्यक्ष लाल बहादुर श्रेष्ठले निर्वाचित जनप्रतिनिधिहरुले सवै टोलहरुमा पुगेर जनताहरुसंग परामर्श गर्दै अघि बढ्नुपर्ने बताउनु भयो । अब पुरानो परिपाटीलाई त्यागेर नयाँ सोचका साथ निर्वाचित प्रतिनिधिहरु अघि बढ्नु पर्ने र सम्पन्न ठोरी निर्माणको लागि आपूm संधै सहयोगी भुमिकामा रहने पनि निवर्तमान अध्यक्ष श्रेष्ठले बताउनु भयो । कार्यक्रमलाई सम्बोधन गर्दै ठोरी गाउँपालिकाका प्रमुख तथा उक्त कार्यक्रमका प्रमुख अतिथि पी एल श्रेष्ठले ठोरी गाउँपालिकाको बिकासका आगामी योजनाहरुको बारेमा प्रष्ट पार्नुभयो । गाउँपालिकाको लागि अहिले १५ करोडको बजेट रहेको र त्यसबाट सम्पुर्ण गाउँपालिकाको सञ्चालन, कार्यलय खर्च, कर्मचारी खर्च तथा बिकास निर्माणका योजनाहरु सञ्चालित हुने बताउनु भयो ।
पाँचवटा वडाहरु रहेको ठोरी गाउँपालिकाका प्रत्येक वडाहमा अहिले करीब ६० लाख बराबरका योजनाहरु सञ्चालित हुने र केही समयपछि बिभिन्न शीर्षकहरुमा प्रत्येक वडाहरुले करीब ३ करोड हाराहारीको बजेट प्राप्त गर्ने पनि गाउँपालिका प्रमुख श्रेष्ठले बताउनु भयो । ठोरी गाउँपालिका लाई सुधार्न आपूmहरुले योजना बनाईरहेको बताउँदै श्रेष्ठले अब पार्टीगत राजनितिभन्दा माथी उठेर गाउँको बिकासमा लाग्न सबैलाई अनुरोध गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै वडा नम्बर ४ का वडाअध्यक्ष बही बहादुर पाख्रिनले अहिले आपूmले प्राथमिकतामा राखेका योजनाहरुको बारेमा प्रकाश पार्नु भएको थियो । अध्यक्ष पाख्रिनले प्राथमिकतामा राखेका योजनाहरुमा वडा नम्बर ४ को मालीबस्ती देखी पिपलबोट सम्म को सडक मर्मत, गोपीबस्ती देखीको कृषि सडक, बिजयबस्तीमा मन्दिर निर्माण र हात्ती रुँग्नेघर, निर्मलबस्ती स्वास्थ्य चौकी मर्मत, नयाँ एम्बुलेन्स खरीद, साबिक निर्मलबस्तीको बडा नम्बर ७ गोरखपुरमा सामुदायिक घर र कृष्ण मन्दिर ढलान, बिरेखोला तटबन्ध, गुम्बालाईनको गुम्बाको कम्पाउण्ड निर्माण, फायरलाईनमा कल्बर्टपुल निर्माण तथा डिप बोरिङमा सहयोग, शुन्दरटोलको डिप बोरिङमा स्टेपलाईजर किन्न सहयोग, मिलचोक पिपलडाँडा कल्बर्टपुल, निर्मलबस्तीको मन्दिरमा सहयोग लगायत रहेको बताउनु भयो ।
कार्यक्रमको प्रमुख अतिथि ठोरी गाउँपालिकाका प्रमुख पी एल श्रेष्ठ रहनु भएको थियो भने कार्यक्रमका अन्य अतिथिहरुमा वडा नम्बर १ का वडा अध्यक्ष राम प्रकाश कुँवर, साविक निर्मलबस्ती गाबिसका निवर्तमान गाबिस अध्यक्ष लाल बहादुर श्रेष्ठ, हरी सुनार, सन्तोष श्रेष्ठ, झम्क बहादुर श्रेष्ठ, खगेन्द्र श्रेष्ठ लगायत रहनु भएको थियो । वडा नम्बर ४ का वडा सचिव कृष्ण प्रसाद रेग्मीले सञ्चालन गर्नु भएको कार्यक्रममा राम प्रकाश कुँवर, मान बहादुर श्रेष्ठ, लाल बहादुर श्रेष्ठ लगायतले आफ्नो धारणा राख्नु भएको थियो ।