१३ पुष, सिमरा । कपुरबोट डेस्क ।
सडक विभागले पूर्व(पश्चिम राजमार्गअन्तर्गत् बाराको पथलैया(निजगढ खण्डको दूधौरा खोलाको पुल पनि चार लेनमै विस्तार गरिने सडक विभागका पुल महाशाखा प्रमुख तथा उपमहानिर्देशक अर्जुनजंग थापाले जानकारी दिए ।
लगातारको वर्षापछि गत साउनमा आएको बाढीले दूधौरा पुल भासिएको थियो । पथलैयाबाट तीन किलोमिटर पूर्वमा रहेको दूधौरामा रहेको पुल ०७३ को वर्षायाममा पनि भासिएको थियो ।
पुलका दुईतर्फकै पिल्लर भासिएपछि विभागले विकल्पमा चार लेनको पुल निर्माण गर्न लागेको हो । अब वर्षाका लागि सवारी आउजाउ गर्न अर्को बेलिब्रिज राखेर चार लेनको पुल बनाउन शुरु गरिने थापाले जानकारी दिए ।
सरकारले आर्थिक तथा रणनीतिक महत्वका राजमार्गमा बन्ने महत्वपूर्ण पुलहरुलाई चार लेनमै बनाउन थालेको छ । राष्ट्रिय राजमार्ग र सीमा नाका जोड्ने मार्गहरुलाई चार लेनमा स्तरोन्नती गर्ने सरकारी नीति छ ।
सरकारले सोही नीतिबमोजिम महत्वपूर्ण पुलहरुलाई बहुलेनमा विस्तार थालेको हो,। यसको शुरुवात सरकारले महाकाली नदीमा बन्ने पुलबाट गर्दैछ । सडकहरुमा सवारीको चाप बढ्दै गएकाले त्यसलाई थेग्न सक्ने पुल निर्माण गर्न विभागले यस किसिमको योजना तयार गरेको हो ।
–नगरीक दैनिक