११ पुष, सिमरा । सुप्रिया ढकाल ।
वडा नम्बर २१ का बासीन्दाको लागी पानिको खोजिमा हिडेको वडाअध्यक्ष कृष्णबहादुर ठकुरी सहितको टोलीले पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र सयौ बर्ष पुरानो घर तथा पानिका मुहान फेला पारेको छ । पानिको चरम अभाव र
हेको वडामा समस्या समाधानको लागी प्रयासरत टोली संरक्षित क्षेत्रभित्र घुम्ने क्रममा प्राचीन ऐतिहासिक राणाकालमा निर्माण भएको करिब २०० बर्ष पुरानो पानीको ईन्टेक ईस्टोरेज ट्यांक र पुराना घरका साथै अन्य संरचनाहरु समेत फेला परेको वडा अध्यक्ष ठकुरीले जानकारी दिए ।
यसबारेमा चाडै नै पर्सा राष्ट्रिय निकुञ्जका अधिकृतहरुसंग छलफल गरि आवश्यक प्रक्रियामा जाने र यसलाई पर्यटकिय महत्वका साथ संरक्षण गर्ने ठकुरीले कपुरबोटलाई जानकारी दिए ।
सो प्राचिन महत्व बोकेको सम्पदा फेला पार्ने टोलीमा अध्यक्ष ठकुरीसहित उनका दाजु ताराबहादुर ठकुरी र भान्जा अनु पौडेल रहेका छन् ।