चितवन, नारायणगढ (शहीदचोक) – सन् 2007 देखि शैक्षिक परामर्श सेवा प्रदान गर्दै आएको Mates International Education & Visa Services ले Mates Study Expo 2026 तथा विशेष IELTS | PTE Masterclass कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम मे २२, २०२६ अर्थात यही आउँदो जेठ ८ गते (बिहान ११ बजेदेखि बेलुका ४ बजेसम्म) नारायणगढस्थित शहीदचोकमा रहेको मेट्सको कार्यालयमा सञ्चालन हुनेछ।
विद्यार्थीहरूलाई विदेश अध्ययनसम्बन्धी सही जानकारी, मार्गदर्शन तथा अवसर उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा एकै दिन Study Expo र Masterclass दुवै सञ्चालन गरिनेछन्।

🎓 Study Expo का मुख्य आकर्षणहरू
* ५० भन्दा बढी अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूको सहभागिता
* Australia, Canada र United Kingdom मा अध्ययन सम्बन्धी विस्तृत जानकारी
* छात्रवृत्ति तथा Application Fee Waivers को अवसर
* On-the-spot काउन्सेलिङ तथा करियर गाइडेन्स
* Gift Hampers, Games तथा Fun Activities
* Free Entry (निःशुल्क प्रवेश)
📘 IELTS | PTE Masterclass का विशेषताहरू
* अनुभवी तथा Certified Trainer द्वारा प्रशिक्षण
* नवीनतम (Updated Materials) अध्ययन सामग्री
* High Score Guidance (उच्च अंक प्राप्त गर्ने तरिका)
* Smart Test Strategies (परीक्षा रणनीतिहरू)
Mates International Education & Visa Services सन् 2007 देखि सञ्चालनमा रहेको एक विश्वसनीय शैक्षिक परामर्श संस्था हो। यस संस्थाले नेपालका हजारौं विद्यार्थीहरूलाई विदेश अध्ययन, भिसा प्रोसेसिङ, काउन्सेलिङ तथा करियर मार्गदर्शन प्रदान गर्दै आएको छ। चितवनको नारायणगढ (शहीदचोक) मा अवस्थित यस संस्थाले विद्यार्थीलाई सही विश्वविद्यालय छनोटदेखि भिसा प्राप्तिसम्म सम्पूर्ण सहयोग प्रदान गर्दै आएको छ।
आयोजकका अनुसार, यस कार्यक्रमले विद्यार्थीहरूलाई एकै स्थानमा अन्तर्राष्ट्रिय शिक्षा सम्बन्धी सम्पूर्ण जानकारी प्राप्त गर्ने सुनौलो अवसर प्रदान गर्नेछ। इच्छुक विद्यार्थीहरूलाई QR कोड स्क्यान गरी अग्रिम दर्ता गर्न तथा समयमै उपस्थित हुन अनुरोध गरिएको छ।