चितवन । अग्रणी शैक्षिक परामर्श संस्था मेट्स इन्टरनेसनल एजुकेसन एण्ड भिषा सर्भिसेज, चितवन शाखाले आयोजना गर्न लागेको ‘मेट्स इडु एक्स्पो २०२६’ को सम्पूर्ण तयारी पूरा भएको छ । विदेश अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै आज माघ १६ गते (जनवरी ३०) चितवनस्थित कार्यालय परिसरमा एक्स्पो आयोजना हुँदैछ ।एक्स्पोमा अष्ट्रेलिया, क्यानडा तथा बेलायतका ५० भन्दा बढी प्रतिष्ठित विश्वविद्यालय तथा कलेजहरू सहभागी हुने मेट्स चितवन शाखाका प्रबन्धक प्रकाश पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार एक्स्पोमा सहभागी विद्यार्थीहरूले विश्वविद्यालय तथा कलेजका प्रतिनिधिहरूसँग प्रत्यक्ष भेटघाट, कोर्स छनोट, भर्ना प्रक्रिया, छात्रवृत्ति अवसर तथा शुल्क विवरण सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् ।

‘एक्स्पोमा विद्यार्थीहरूले युनिभर्सिटी तथा कलेजका प्रतिनिधिसँग प्रत्यक्ष रूपमा भेट गर्न पाउनेछन्,’ प्रबन्धक पौडेलले भन्नुभयो, ‘आवश्यक कागजात पूरा भएका विद्यार्थीहरूले अन–द–स्पट एडमिसनसमेत लिन सक्नेछन्।’एक्स्पोमा १२ कक्षा उत्तीर्ण, साथै ब्याचलर र मास्टर्स डिग्री अध्ययन गर्न चाहने जुनसुकै विद्यार्थीले शैक्षिक परामर्श लिन सक्नेछन् । विद्यार्थीहरूले आफ्नो शैक्षिक योग्यता तथा कागजातको आधारमा छात्रवृत्ति प्राप्त गर्ने अवसर पनि पाउने बताइएको छ ।

कार्यक्रममा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूको सहभागिता रहनेछ । जसबाट विद्यार्थीहरूले वित्तीय परामर्श तथा शैक्षिक ऋणसम्बन्धी जानकारी लिन सक्नेछन् । साथै, एक्स्पोमा सहभागी विद्यार्थीहरूका लागि गिफ्ट ह्याम्परको समेत व्यवस्था गरिएको मेट्स इन्टरनेसनलले जनाएको छ ।आज बिहान ११ बजेदेखि अपरान्ह ४ बजेसम्म सञ्चालन हुने एक्स्पोमा करिब ३०० भन्दा बढी विद्यार्थी तथा अभिभावकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ ।मेट्स इन्टरनेसनलले एक्स्पोमा सहभागी विद्यार्थीहरूका लागि निशुल्क शैक्षिक परामर्श, प्रोसेसिङ सेवा, साथै आईईएलटीएस (IELTS) तथा पीटीई (PTE) तयारी कक्षाहरू पनि निःशुल्क उपलब्ध गराउने जनाएको छ ।