दलबहादुर कुमालको स्वर र शब्द रहेको “पातली नानी” गित सार्वजनिक भएको छ । जसमा सुनिताले पनि स्वर दिएकी छिन् ।गितबाट एक अर्कालाई मन पराएपछिको मनको भावना पोखिएको छ । केटा पक्ष “पातली नानीलाई जति हेर्यो त्यति राम्रो, गिदरीको मासुजति खायो त्यति चाम्रा” भन्दै फकाई रहेका छन् । झुम्कामा सुन थपि दिने कुरा गरिरहेका छन् । उता युवती भने दोधारमा छिन् । माया लगाएर छाडेर जान्छौ की भन्दै गुनासो गरिरहेकी छिन् ।

यो गितलाई युवा पुस्ताले एक्दमै माया दिने विश्वास दलबहादुर कुमाललाई छ । साथै उनले कुमाल साँस्कृतिक केन्द्र, काठमाण्ठौ र कुमाल समाज समृद्धी गुठी काठमाण्डौलाई विशेष धन्यवाद दिएका छन् ।पातली नानी बोलको गितको सम्पुर्ण छायांकन चितवनको नारायणघाट स्थित नारायणी नदी किनारमा गरिएको थियो । संगीत संयोजक हेमन्त शिशिर रहेका छन् । कोरस हेमन्त शिशिर र सिताले गरेका छन् ।गितमा कुमाल समुदायको कला र संस्कृति झल्किन्छ । र पाउँदुरे अन्तरगतको ख्याली नृत्य देख्न सकिन्छ । यो कार्तिक महिना देखि फागुन महिनासम्म पर्ने चाडपर्वहरुमा नाचगान गर्दै सरस्वती पुजा गरि पाउँदुरे नाच समापन गरिन्छ ।

गितमा म्युजिक दलबहादुर कुमाले दिएका छन् । निर्देशन प्रदिप कुमालले गरेका हुन् । साथै उनैले छायाँकन, सम्पादन, नृत्य निर्देशन पनि गरेका हुन्। कलर ग्रेडिङ सन्जय कुमाल , श्रृङ्गार सन्जु कुमाल, प्रोडक्सन स्काई ग्राफिक्स, पोष्ट प्रोडक्सन कर्मा फिल्मस रियल मुभि , ग्राफिक्स डिजाइन कृतिका कुमालले गरेका हुन् ।कलाकारहरु सन्तोष कुमाल कृष्टिना कुमाल, दिपशिका कुमाल, स्वेता कुमाल, रचना कुमाल, जेनिफा कुमाल, कृतिका कुमाल, कुशल कुमाल , संजित कुमालले भिडियोलाई अझै आकर्षक बनाएका छन्। दलबहादुरको यो तेस्रो सिर्जना हो ।