रत्ननगर, २९ मंसिर ।
रत्ननगर–१३ स्थित राष्ट्रिय आधारभूत विद्यालय अमिलियामा अध्ययनरत विद्यार्थीहरूलाई आइतबार एक कार्यक्रमका बीच न्यानो कपडा (ट्र्याकसुट) वितरण गरिएको छ ।बढ्दो जाडोलाई मध्यनजर गर्दै विद्यालयमा अध्ययनरत १०० भन्दा बढी विद्यार्थीहरूलाई ट्र्याकसुट प्रदान गरिएको हो ।मातृभूमि सेवा फाउन्डेसनको समन्वय र सहयोगमा आयोजित उक्त कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नरहरी पुरीको सभापतित्व तथा रत्ननगर नगरपालिका वडा नं १३ का वडा अध्यक्ष पोट बहादुर घिमिरेको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै मातृभूमि सेवा फाउन्डेसनका अध्यक्ष धर्मेन्द्र सापकोटाले बालबालिकाको शिक्षा र स्वास्थ्यमा सहयोग पु¥याउनु संस्थाको उद्देश्य रहेको बताउनुभयो ।उहाँले फाउन्डेसनले यसअघि पनि विद्यालयमा स्कुल ब्याग वितरण गरेको जानकारी दिनुभयो।कार्यक्रममा विशेष अतिथिको रूपमा धर्मगुरु पुष्कर खतिवडा उपस्थित हुनुहुन्थ्यो। त्यस्तै, अतिथिहरूमा मातृभूमि सेवा फाउन्डेसनका संस्थापक अध्यक्ष कृष्ण प्रसाद भट्टराई र मिलेन्द्र भट्टराई रहनुभएको थियो ।
सो अवसरमा प्रमुख अतिथि वडा अध्यक्ष घिमिरे, विशेष अतिथि खतिवडा, फाउन्डेसनका अध्यक्ष सापकोटा र सभापति पुरीले आ–आफ्नो मन्तव्य राख्दै विद्यालयको शैक्षिक गुणस्तर सुधार र विद्यार्थीलाई प्रोत्साहन गर्ने कार्यमा यस्ता सहयोगले महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो ।कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष युवराज खतिवडा, निवर्तमान विद्यालय व्यवस्थापन समिति अध्यक्ष बेल कुमारी श्रेष्ठका साथै विद्यालय व्यवस्थापन समितिका सदस्यहरू आस्मा खातुन, अनिता प्रजा, लक्ष्मी तामाङ, ज्योति भट्ट र बद्री खतिवडाको उपस्थिति रहेको थियो ।विद्यालयका प्राचार्य रस्मिता तिवारीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक तथा स्थानीय समाजसेवीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।