पत्रकार सन्तोष देउजामाथि आक्रमण गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता पक्राउ परेका छन् ।रास्वपा भरतपुर १२ का सभापति समेत रहेका दिपक सेढाईँलाई गएराती उनकै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।रास्वपा सभापति रवि लामिछाने चितवन प्रहरीको हिरासतमा हुदाँ भएको रास्वपाकै आन्दोलनको रिर्पोटिङका क्रममा कपुरबोट मिडियाका सञ्चालक समेत रहेका देउजामाथि सेढाईँकै समुहले भौतिक आक्रमण गरेको थियो ।यो घटनाको भत्र्सना गर्दै पत्रकार सम्बद्ध संघ संगठनहरुले कुटपिटमै उत्रिएका रास्वपा कार्यकर्तामाथि कार्वाहीको माग गरेका थिए ।
नेपाल पत्रकार महासंघ केन्द्रिय समिति, वागमति प्रदेशसँगै जिल्ला शाखाले विज्ञप्ती जारी गर्दै घटनाको घोर भत्र्सना गरेका हुन् ।साथै पत्रकारमाथि आक्रमण गर्ने गिरोहलाई कार्वाहीका लागि नेपाली कांग्रेस र नेकपा एमाले चितवन जिल्ला कमिटीले ध्यानार्कषण गराएको थियो ।यस सँगै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका का.प्रवक्ता मनिष झा र जिल्ला सभापति कृष्ण प्रसाद भुषालले आफनो आन्दोलनमा घुसपैठ भएको भएको भन्दै पत्रकारमाथि आक्रमण गर्ने समुहलाई कार्वाही गर्न सघाउने बताएका थिए ।
पत्रकार देउजाले जिल्ला प्रहरी कार्यालय चितवनमा दिएको उजुरीका आधारमा अनुसन्धान गर्दै वडा सभापति सेढाईँलाई पक्राउ गरिएको बताएको छ ।यो घटनामा जोडिएका अन्य व्यक्तिहरुको खोजी भईरहेको प्रहरी प्रवक्ता भेषराज रिजालले बताएका छन् ।