भरतपुर । सुर्खेतको गुर्भाकोट नगरपालिकाकी उपप्रमुख मैना विकले ठगीको आरोप लागेका श्रीमान कमानसिंह कामी असार १० गतेदेखि परिवारको सम्पर्कमा नरहेको जीकिर गरेकी छन् । विदेश पठाइदिन्छु भन्दै १९ जनासँग दुई–दुई लाख रुपैयाँ ठगीको आरोप लागेका श्रीमान् कमानसिंहसँग जोडेर व्यक्तिगत चरित्रहत्या र मान प्रतिष्ठामा आँच आउने गरि बदानाम गर्न खोजिएको आरोप लगाएकी छन् । ‘उपमेयरका श्रीमाननै विदेश पठाइदिन्छु भन्दै ठगी भन्दामा, पैसा कुम्ल्याएर फरार’ शिर्षक सहितको भिडियो समाचार प्रकाशित भएपछि उपप्रमुख विकले खण्डन गरेकी छन् । कमानसिंह कामी विरुद्ध उजुरी परेपछि धेरै समाचारमाध्यमहरुमा समाचार प्रकाशन भएको थियो ।
उनले पठाएको खण्डनपत्रमा १४ जना फेरि दिल्ली गई प्रक्रिया सूरु गरि कमानसिँहको खातामा २।२ लाखको दरले पैसा हालि उसकै मोबाईल बैकिङ्गबाट विदेश पठाउँछु भन्ने मुख्य व्यक्ति दाङ घोराहीका यामबहादुर विकको छोराको सुनिल विकको खातामा काठमाण्डौ पठाएको दाबी गरिएको छ । श्रीमान कमानसिँह आँफै वैदेशिक रोजगार जाने प्रक्रियामा रहेको समेत उनले खुलाएकी छन् । २४ जनाले आपसी सहमतिमै विदेश जानका लागि दिल्ली गएको तथ्य सार्वजनिक गरेकी छन् ।
राजी खुशी भई १० जनाले मेडिकल रिर्पोट गरि पासपोर्ट पैसा बुझाएको, बाँकी १४ जना नेपाल फर्किएको उनको भनाई छ । उपप्रमुख संयोजक रहने नगरपालिकाको न्यायीक समितिमा असार १७ गते ‘वैदेशिक रोजगारीका लागि युरोपियन देश माल्टा पठाइदिन्छु भनी रकम लिई ठगी गरेको’ भन्दै उजुरी परेका स्वीकार गरेकी छन् । उनले अन्तरजिल्ला भ्रमणमा ईलाम गएको बेला हुलदङ्गा गर्दै न्यायिक समिति उजूरी प्रशासक लोकेन्द्र वली, न्यायिक समिति सदस्य चितेन्द्र विकलाई दवाव दिई जर्वजस्त दर्ता गरेको बताएकी छन् ।
उपप्रमुख विकले उजूरीको विषय क्षेत्राधिकार नपर्ने, छलफलमा लागि आरोपित मेरो एकाघरको विवाद हेर्न नमिल्ने कानुनी व्यवस्था भएको भन्दै पीडितहरुलाई जानकारी गराएको बताएकी छन् । पीडितहरुले आरोपित भनिएका कमानसिँह, यामबहादुरलाई प्रमाणका आधारमा कानुनी प्रक्रियामा गई मुद्धा दर्ता, कारवाही गर्न सुझाव दिएको उल्लेख गरेकी छन् । उनले पीडितहरुको न्यायका पक्षमा आँफूसधै साथमा रहेको बताएकी छन् । आँफुलाइनै अपराधि, ठग करार गरि किटानसहित आएका समाचार पत्रकार आचारसंहिता विपरीत भएको जीकिर गरेकी छन् । पीडित भनिएका केही व्यक्तिहरुको एकोहोरो प्रचारबाजी, ज्यानमार्ने धम्कीपछि कमानसिँह घरपरिवार, फोन, सामाजिक सञ्जालको सम्पर्कमा नभएको बताएकी छन् ।