भरतपुर । अर्किड स्कुल भरतपुरले धार्मिक क्षेत्र वरपर सरसफाई गरेको छ । विश्व वातावरण दिवसको अवसर पारेर सप्ताहव्यापी कार्यक्रम गरेको अर्किडले विद्यार्थी–शिक्षकहरु मिलेर सरसफाई गरेका हुन् । कार्यक्रम संयोजक एवम अर्किड स्कुल अतिरिक्त क्रियाकलाप विभाग प्रमुख प्रतीक्षा श्रेष्ठका अनुसार मालिका मन्दिर, दुर्गा मन्दिर, महाकालेश्वर मन्दिर, गणेशस्थान मन्दिर आसपासका क्षेत्रमा सरसफाई गरिएको छ । यस्तै स्कुलको चौर छेउछाउमा वृक्षारोपण गरेका छन् ।
Advertisement
स्काउट समूह र आवासिय विद्यार्थि समूहले संयुक्त रुपमा सप्ताहव्यापी कार्यक्रम गर्दै आएका छन् । यो कार्यक्रम चौथो श्रृङखला हो । यसअघि वक्तृत्वकला, पोस्टर प्रदर्शनी र साइकल ¥याली गरिएको थियो ।