चितवनका पत्रकार अनिल ढकाल बागमती प्रदेश सरकारबाट पुरस्कृत भएका छन । १६ औं गणतन्त्र दिवस २०८० को अवसरमा पत्रकार ढकाललाई ” विकास पत्रकारिता पुरस्कार ” प्रदान गरेको हो । दुई दशकदेखि पत्रकारितामा सकृय ढकाललाई नगद बीस हजार सहितको पुरस्कार प्रदान गरिएको छ ।
मुख्यमन्त्री कार्यल्क्य्क हेटौंडामा आयोजित समारोहमा प्रदेश प्रमुख यादब चन्द्र शर्मा र मुख्यमन्त्री शालिकराम जमरकट्टेलले पुरस्कार प्रदान गरेका हुन । नेपाल प्रेस युनियन चितवनका अध्यक्ष रहेका ढकाल अन्नपूर्ण पोष्ट् दैनिकका चितवन सम्बाददाता र एपिवान टेलिभिजनका भरतपुर ब्युरो प्रमुखका रुपमा कार्यरत ढकालले सामाजिक एवं बिकासको सवालमा कलम चलाउदै आएका छन । केही समय अघि चितवनमा ढकालले चलाउने चर्चित कार्यक्रम ब्रेक थ्रु चर्चित थियो । बिकट र पिछडिएका बस्तिका समाचारमा उनले बढी कलम चलाउदै आएका छन ।
ढकालसंगै बागमती पत्रकारिता पुरस्कारबाट दोलखाका प्रभु जिरेल, अग्रज सम्मान पत्रकारिता पुरस्कारबाट सिन्धुपाल्चोकका सुरेश कसजु, ग्रामिण पत्रकारिता पुरस्कारबाट मकवानपुरका शिवकुमार रिजाल, प्रदेश गौरव पत्रकारिता पुरस्कारबाट नुवाकोटका शक्तिमाया तामाङ र प्रदेश युवा पत्रकारिता पुरस्कारबाट सिन्धुलीका बिक्रम रत्न पुरस्कृत भएका छन ।
पत्रकारितामा योगदान गरेर पनि ओझेलमा परेकाहरुको कदर गरेर पुरस्कृत गरिएको पुरस्कार छनौट समितिका संयोजक एवं प्रेस रजिस्ट्रार रेवती सापकोटाले बताए । ” नेपालका आधा पत्रकारको कार्यक्षेत्र रहेको बागमती प्रदेशको १३ वटै जिल्लामा कार्यरत पत्रकारले आफनो प्रदेशको अनुभुति गर्न सक्ने गरी प्रदेश सरकारले गरेको छ ” सापकोटाले भने ” ओझेलमा परेका,अरुले नदेखेका, आफनो कर्मक्षेत्रमा निरन्तर खटिइरहेका, पत्रकारिता पेशालाई आफनो जिम्मेवारी र दायित्व सम्झिएका सबैको अधिक्तम प्रतिनिधित्व हुने गरी छनौट गरिएको हो । “