काठमाडौं । निलम्बित सांसद ढाकाकुमार श्रेष्ठले समानुपातिक सांसद बन्न पैसा दिएको समाचार कपोकल्पित भएको बताएका छन् । समानुपातिक सांसद बन्न तीन करोड रुपैयाँ पार्टीलाई बुझाएको भन्ने समाचार आधारहिन भएको बताए । उनले पैसा दिएको भनेर आँफु कुनै पनि मिडियामा नबोलेको भन्दै चरित्र हत्या गर्ने प्रयास विरुद्ध कानुनी प्रक्रियामा जान बाध्य हुने बताएका छन् ।
भ्रामक र तथ्यहिन समाचार बनाएकोमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । ढाकाकुमारलाई कोड गर्र्दै जनआस्थाले सांसद बन्न ३ करोड बुझाएको भन्दै सुरुमा समाचार प्रकाशन गरेको थियो । सो समाचारमा उपसभापति डिपि अर्याल र प्रवक्ता मुकुल ढकाललाई रकम बुझाएको उल्लेख थियो । अर्याल र ढकालले समेत सामाजिक सञ्जालमा सांसदका लागि रकम बुझेको भन्ने समाचारको खण्डन गरेका थिए । आरोप पुष्टी गर्न समेत चुनौती दिदै उनीहरुले मानहानीको मुद्धा हाल्ने चेतावनी दिएका थिए ।