चितवन । चितवन क्षेत्र नं २ मा आज बिहान ७ बजेबाट उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । चितवन–२ मा लोकतान्त्रिक–वाम गठबन्धनबाट नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठ, नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछाने उम्मेदवार छन् ।
Advertisement
उनीहरुसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन्। मुख्य प्रत्यासी तीन मध्ये कांग्रेसका श्रेष्ठले शक्तिखोरको चर्तुमुखी माध्यामिक विद्यालयबाट मतदान गरेका छन् । एमालेका न्यौपाने र रास्वपाका लामिछानेको चितवन–२ मा मतदाता नामावलीमा नाम नरहेकोले मतदान गर्न पाउने छैनन् ।