भरतपुर । होटल व्यवसायी संघ चितवन अन्तर्गत मेघौली ईकाई अध्यक्षमा सन्देश चापागाई सर्वसम्ममत चयन भएका छन् । चौथो साधारणसभा एवं तेस्रो अधिवेशनले चापागाईको नेतृत्वमा ११ सदस्यीय समिति चयन गरेको हो । नवनिर्वाचित अध्यक्ष चापागाई होटल मेघौली सफारीका सञ्जालक हुन् ।
उपाध्यक्ष हरि बहादुर महत्तो, सचिवमा हरि गोविन्द कुमाल, कोषाध्यक्षमा राजु चौधरी, सदस्यहरुमा भिमसेन कुमाल, मुनमाया कुमाल, विक्रम महत्तो, पवन पौडेल, खेम बहादुर गुरुङ्ग, नवराज कार्की, कृष्ण प्रसाद गुरुङ्ग, निर्विरोध चयन भएका हुन् ।
निर्वतमान अध्यक्ष रामकुमार महत्तोको अध्यक्षतामा बसेको व्यवसायीको भेलाले नयाँ कमिटी चयन गरेको हो । होटल व्यवसायी संघ चितवनका अध्यक्ष केशव हडखोलेले व्यवसायिक विकासमा मेघौंली टिमले महत्वपुर्ण जिम्मेवारी पाएको बताए । अब व्यवसायिक समस्यालाई हल गर्ने गरी कार्य गर्न उनले सुझाव दिए ।