भरतपुर । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउन महाअभियानका संयोजक दुर्गा प्रसाईले एमालेले गरेको कारवाहीबाट विचलित नभएको बताएका छन् । नारायणी नदी किनारमा आयोजित सभामा बोल्दै उनले जनताको क्बलबाट निकालेर देखाउन चुनौती दिएका छन् । पूर्वराजालाई सहभागि गराएर राजसंस्थाको पक्षमा लागेपछि एमालेले केन्द्रीय सदस्यबाट उनलाई हटाएको छ । “हजुरबाले आफ्नो पार्टी क्लबबाट मलाई हटाउनुभएछ”, उनले भने, “उहाँले हटाउनु पहिले मैले पार्टी छोडिसकेको थिएँ, अब जनताको क्लबबाट हटाएर देखाउनुस् ।”
उनले दलहरु बाघ भए आँफु डम्मरु भएको व्यंग्य गरे । ५ हजार जनालाई रोजगारी दिएर बसेपनि काम गर्नै नसक्ने अवस्था आएपछि अभियान लिएर हिडेको दाबी गरे । “ कुनै पार्टी, कसैका विरुद्ध अभियान चलाएको होइन, यो जनताको पीडाहरु समाधान गर्ने बाटोमा हिडेको हुँ”, उनले भने, “लघुवित्त, सहकारीको ऋणको चपेटामा परेका नागरिकलाई मुक्ति दिलाएरै छाड्नेछु ।” उनले बैंक, लघुवित्त, सहकारीको आतंक बन्द हुनुपर्ने बताए । २० लाख बराबरसम्मको ऋण मिनाहा गराएरै छाडिने बताए । “काठ्माण्र्डौमा अब हामी जम्मा हुनेछौँ, खबरदारी गर्नेछौँ”, उनले भने, “बैंक आतंक बन्द गराएरै छाड्नेछौँ ।”
राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले बैंक ठगी गरेको भनि लगाएको आरोपको खण्डन गरे । “पुस मसान्तसम्मको व्याज तिरेको छु, २० लाख माथिको ऋण तिर्छु भनेकै छु”, उनले भने, “ राजा बोक्यो भनेर उहाँहरु छटपटिनुभएको छ, हामी सडकमै छौँ, उहाँ सत्ताबाट बल्ल बाहिरिनुभएको छ, हेरौँ उहाँहरु कहाँ जानुहुन्छ ।” राजनीतिक अस्थिरताका कारण धेरै उद्योगी, व्यवसायीहरु मारमा परेको उनको भनाई थियो । व्यवसायमा असफल भएर प्रेम आचार्य जसरी कसैले पनि देहत्याग गर्ने वातावरण नहोस् भनेर नागरिक बचाउन हिडेको दाबी गरे । उनले नेपाली पैसा अमेरिका, दुबई, सिंगापुरमा लगेर जम्मा गर्नेहरुलाई अब खोजी खोजी कारवाही गरिने चेतावनी दिए ।
आँफुसँग भएको बाँडेर खानेमात्रै असली कम्युनिष्ट भएको बताउँदै उनले आँफुलाई सच्चा कम्युनिष्ट भएको जीकिर गरे । २०५७ सालदेखि २०७८ सम्म माओवादी, त्यसपछि एमालेमा आँफु रहेपनि देशमा सच्चा कम्युनिष्टहरुनै नभएको आरोप लगाए । उनले भरतपुर महानगरका मेयर रेनु दाहालको प्रशंसा पनि गरे । अन्य महानगरभन्दा भरतपुर महानगरमा बढी काम भएको अनुभूति गरेको बताए । उनले रेनुसँग ३ वर्षदेखि बोलचाल नभएको बताएपनि बाटो जस्ता पूर्वाधारमा गरेका कामहरुको प्रशंसा गरे । उनले पूर्वाधार विकास भएपनि नागरिकहरु वित्तिय समस्याबाट पिल्सिएको बताए । अभियानकी प्रवक्ता रमा सिंहले पार्टीहरुको सिण्डिकेट तोड्नुपर्ने बताइन् ।
अभियान्ता तथा इन्जिनियर दीपेन्द्र कँडेलले देशमा आर्थिक आन्दोलनको खाँचो रहेको बताए । बैंक तथा वित्तीय संस्थाको चर्काे ब्याजका कारण उद्यमी तथा व्यवसायी पहलायन हुने अवस्थामा पुगेको बताए । अभियान्ता सतिष पोखरेलले महाअभियान अन्र्तगत गठित भएको कालोमोसो टिमले पीडितहरुलाई मलम लगाउने दाबी गरे । महाअभियानका नवलपरासी संयोजक यदुनाथ सिग्देलले जनतालाई भ¥याङ बनाएका नेताहरुलेनै देश लुटेको आरोप लगाए । महाअभियान चितवनका संयोजक पदम पाण्डेले ऋणको चपेटाबाट नागरिकलाई मुक्त बनाउन सुरु भएको आन्दोलन पूर्ण भएरै छाड्ने बताए । राष्ट्रिय व्यावसायिक पशुपालन तथा दुग्ध उत्पादक कृषक समाज नेपालका केन्द्रीय अध्यक्ष आनन्द न्युरेले वित्तिय अपराध रोक्न चितवनमा सशक्त टिम निर्माण हुने बताए ।