काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच झण्डै २ घण्टा छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटरमा बसेको बैठक विना निष्कर्ष सकिएको जनाइएको छ ।
Advertisement
राष्ट्रपतिको विषयमा छलफल गर्न बैठक बसेका थिए । प्रचण्डले पुरानै गठबन्धन ब्युँताउने तयारी थालेपछि ओली बालुवाटार पुगेका हुन् । प्रचण्ड–ओलीबीच छलफल भएपनि के विषयमा समझदारी भएको भन्नेबारे सार्वजनिक गरिएको छैन । ओलीले एमालेबाटै राष्ट्रपति उम्मेदवार हुने अडान छाडेका छैनन् । ओली निस्किए लगत्तै पुरानो गठबन्धनका शिर्ष नेताहरुको बैठक आज साँझ बालुवाटारमा बस्दै छ । राष्ट्रपतिमा साझा उम्मेदवार बनाउनेबारे कसरतहरु भैरहेका छन् ।